झापा जिल्लाको दमक नगरपालिका–६ मा रहेको सेवारो होटलमा आगलागी हुँदा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।आज दिउँसो बजेतिर दिलमाया लावतीले सुरेश कुमार थापाको खाली जग्गा भाडामा लिएर संचालन गर्दै आएकी टिनको छानो र पर्खालले बनेको कच्ची होटलमा आगलागी भएको हो।खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट ग्यास चुहावट भई सिलिण्डर विस्फोट हुँदा आगलागी फैलिएको प्रहरीले जनाएको छ।होटलमा रहेका लत्ता कपडा, खाद्यान्न, ३ थान फ्रिज, ८ थान ग्यास सिलिण्डर, २ थान इन्भर्टरसहितको सम्पूर्ण संरचना जलेर पूर्ण रूपम
Posted inSamachar
दमकमा सेवारो होटलमा आगलागी, १३ लाख बराबरको क्षति

