जेनजी आन्दोनलका क्रममा लुटिएको गोलीसहित प्रहरीले काठमाडौँबाट दुई किशोरलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटबाट तीन थान गोलीसहित उनीहरुलाई पक्राउ गरेको हो।शंका लागेपछि खानतलासी लिने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बर्दिया घर भइ कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा घर भई काठमाडौँको मालिगाउँ बस्दै आएका १६ वर्षीय सोनम थापामगर छन्। उनीहरूको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको प्रहरीले जनाएको छ
Posted inSamachar
दरबारमार्गबाट लुटिएका ३ थान गोलीसहित नरेफाँटबाट १६ र १७ वर्षका २ किशोर पक्राउ

