गएराति दाङमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। तुलसीपुरबाट घोराही जाँदै गरेको रा. १ ख ३२५१ नम्बरको बस मङ्गलबार राति तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१७ मज्गैमा दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।बस अचानक अनियन्त्रित भई बाटोको उत्तरतर्फ पल्टिँएकाे प्रहरीले जनाएकाे छ। ‘दुर्घटनापछि बसका चालक नारायण कुँवर फरार छन् उनकाे खाेजी भइरहेकाे छ,’ डीएसपी शाहले नेपालखबरसँग भने।बसमा चालकस
Posted inSamachar
दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते, चालक फरार

