दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार महाकाली नगरपालिका-४ बांगाबगरमा जिप दुर्घटना भएको हो।व्यास गाउँपालिका-३ सिनाका ३८ वर्षीय कल्याण सिंह धामीले चलाएको सुपप्र ०४०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा महाकाली नगरपालिका-४ बांगाबगरका ७० वर्षीय मिलन लुहारलाई ठक्कर दिँदा घाइते भएका थिए। जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा उनको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
Posted inSamachar
दार्चुलामा जिपको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

