आज दिउँसो तथा राति पनि देशका विभिन्न स्थानमा पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। आज राति : कोसी प्रदेश र मधेस प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने सम्भावना छ।
Posted inSamachar
दिउँसोभन्दा राति बढी पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना

