भारतमा मजदूरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन्।मजदूरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएको बताउँछन्। कुनै वेला भारतमा मजदूरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेका हुन्।मजदूरी छोडेर मालिक बन्न धेरै मेहनत र सङ्घर्ष गरेको उनी सुनाउँछन्। उनले २०६८ सालदेखि साइकलमा दूध सङ्कलन गरेर बिक्री गर्न शुरू गरेका थिए। दुई लिटर दूधबाट व्यवसाय शुरू गरे
Posted inSamachar
दुई लिटर दूधले शुरू गरेको व्यवसायबाट ९० लाखको सम्पत्ति

