यहाँको धनगढी उपमहानगरपालिका-७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी बनाएर आत्मनिर्भर बनेका छन्। स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा ‘जाखौरबाबा महिला विकास दुनाटपरी उद्योग’ सञ्चालन गर्दै आएका छन्। उनीहरुले सुरुमा वडा कार्यालयबाट दुनाटपरी बनाउने तालिम लिएका थिए।वडा कार्यालय र धनगढी उपमहानगरपालिकाले सो समूहलाई दुनाटपरी बनाउने दुई वटा मेसिन निःशुल्क उपलब्ध गराएको छ। मेसिनको प्रयोगले दुनाटपरी उत्पादन गर्न अझै सहज भएक
Posted inSamachar
दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

