मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूह वार्ताको लागि गृह मन्त्रालयमा पुगेको छ। यही कात्तिक १९ गते गृह मन्त्रालयले प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानलाई वार्ताको लागि कार्यालयमै पुगेर पत्र बुझाएको थियो। गृह मन्त्रालयले लेखेको पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले नागरिक बचाउ महाअभियानको भक्तपुरस्थित कार्यालय पुगेर केन्द्रीय प्रवक्ता माधव कल्पितलाई बुझाएका थिए। उनै कल्पित नेतृत्वको टोली वार्ताको लागि केहीबेरअघि गृह मन्त्रालय पुगेको हो।दुर्ग
Posted inSamachar
दुर्गा प्रसाईँको समूह र गृह मन्त्रालयबीच सिंहदरबारमा वार्ता

