महेन्द्र राजमार्ग छेउमै सानो छाप्रो छ। अगाडि समोसा, पकौडी राखिएका छन्। नजिकै ग्यासमा दनदनी आगो बलिरहेको छ।कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौलाका ५३ वर्षीय नन्दबहादुर तिवारी चिया बनाउनमा व्यस्त छन्। कैलाली र कञ्चनपुरको सिमानामा पसल हुनाले ग्राहकले प्रायः भरिभराउ नै हुन्छ।कोही चियाको चुस्की लगाइरहेका छन् त कोही समोसा पकौडीको स्वाद लिइरहेका छन्। तिवारी आफू हिँडडुल गर्न सक्दैनन्। ह्विलचियरको सहारामा यताउता गर्नु पर्ने बाध्यता छ। तर चिया, समोसा, पकौडी बनाउन उनी आफैं खटिन्छन्। हिम्मत नहार
Posted inSamachar
दुर्घटनामा खुट्टा गुमाए, आगलागीले पसल- बाढीले घर लग्यो, चियाले दियो जीवन

