श्रीलंका र भारतको संयुक्त आयोजनामा सम्पन्न पहिलो दृष्टिहीन महिला टी-२० विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले टोलीलाई औपचारिक स्वागत गरेका हुन्।आइतबार कोलम्बोस्थित पी सारा ओभलमा भएको रोमाञ्चक फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो। नेपालले दिएको ११५ रनको लक्ष्य भारतले तीन विकेटको क्षतिमा १२औँ ओभरमै पूरा गर्दै पहिलो संस्करणको उपाधि हात पारेको हो।उपविजेता बनेको नेपालले ९ लाख श्रीलंकाली रुपैय
Posted inSamachar
दृष्टिहीन महिला टी-२० विश्वकप उपविजेता नेपाली टोली स्वदेश फिर्ता

