नेकपा एमालेबाट निकालिएपछि 'मातृभूमि जागरण अभियान' घोषणा गरेका नेता डा. भीम रावल यही कात्तिक २६ गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध भएका छन्।पुष्पकमल दाहाल (प्रचण्ड) संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेकपामा रावल सातबुँदे एकता सहमतिपत्रमा हस्ताक्षर गर्दै सामेल भएका हुन्।एमालेका पूर्वउपाध्यक्ष एवं सुदूरपश्चिमका एक प्रभावशाली वामपन्थी नेता रावल भित्र्याएपछि नवगठित नेकपा पंक्ति उत्साहित भएको छ।एमालेको १०औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा भिडेपछि रावल चेपु
Posted inSamachar
देउवाले विश्राम लिएका बेला भीम रावल नेकपामा भित्रिएपछि सुदूरपश्चिममा जागेको आशा

