एनआईसी एसिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट प्राप्त हुने भएको छ।यस सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता भएको छ। योसँगै बैंकका ग्राहकहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। अस्पतालमा सेवा लिँदा ओपीडी टिकटमा ५० प्रतिशत, साधारण शय्या शुल्कमा २५ प्रतिशत, आईसीयू/एनआईसीयू/पीआईसीयू/सीसीयूमा १० प्रतिशत, शल्यचिकित्सा उपचारमा १५ प्रतिशत, प्याथोलजिकल ल्याब चार्जमा १५ प
Posted inSamachar
देवदह मेडिकल कलेजले एनआईसी एसियाका ग्राहकलाई उपचारमा छुट दिने

