बाढी र पहिरोको कारण आज पनि देशका विभिन्न सडक अवरुद्ध अवस्थामा छन्। अहिले ५ वटा सडक मार्ग पूर्णरूपमा अवरुद्ध अवस्थामा रहेका प्रहरीले जनाएको छ। बाढीपहिरोले संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग, पाँचथरकै तमोर करिडोर सडक, रसुवाको पासाङ ल्यामु सडक र रुकुमपश्चिमको जाजरकोट-डोल्पा-भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध छ। त्यसैगरि काठमाडौँको काठमाडौँ-नुवाकोट सडक, बागलुङको कालीगण्डकी करिडोर सडक तथा नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छ
Posted inSamachar
देशका ५ वटा सडक पूर्ण र अरु ५ सडक आंशिक अवरुद्ध (सूचीसहित)

