आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चारजनाको शव फेला परेको छ।जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मंगलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।खतिवडाका अनुसार, आगजनीमा ती व्यक्ति सुपरमार्केटभित्रै फसेका थिए। मृतकमध्ये तीनजनाको शव चौथो तलामा र एकजनाको दोस्रो तलामा फेलापरेको उनले जानकारी दिए।प्रवक्ता खतिवडाले भन
Posted inSamachar
धरानको भाटभटेनीमा जलेको अवस्थामा ४ शव फेला

