नेपाल धितोपत्र बोर्डले तीनजना सहभायक निर्देशक र दुईजना वरिष्ठ सहायक निर्देशकका लागि दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूति गरिने भन्दै बोर्डले आज सूचना निकालेर इच्छुकबाट दरखास्त माग गरेको हो। तोकिएको न्यूनतम योग्यता पुगेका नेपाली नागरिकले आगामी असोज २ गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म पनि दरखास्त दिन सकिने बोर्डले जनाएको छ। हेर्नुहोस् सूचना
Posted inSamachar
धितोपत्र बोर्डले माग्यो वरिष्ठ निर्देशकसहितका कर्मचारी (सूचनासहित)

