सभामुख देवराज घिमिरेले संसद् भवनसहितको सार्वजनिक तोडफोड र आगजनी भएकोप्रति दु:ख व्यक्त गरेका छन्। आज बिहीबार संसद् भवनको अवलोकन गर्दै विघटित प्रतिनिधिसभाका सभामुख घिमिरेले दु:ख व्यक्त गरेका हुन्। 'जेनजी आन्दोलनका क्रममा दु:खद् घटना भयो। संसद्सहित संरचना ध्वस्त भए,' उनले भने, 'अब क्षति र हानीबाट उठेर अघि बढ्नुपर्नेछ।'त्यस्तै उनले संसद् विघटनका विषयमा विकल्प खोजेको भए हुने बताए। 'राजनीतिक निकासका लागि सबै तयार हुनपर्छ,' उनले थपे, 'संसद् विघटन नगरी विकल्पहरूबारे खोजे
Posted inSamachar
ध्वस्त संसद् अवलोकनपछि सभामुख: विघटन नगरी विकल्प खोजेको भए हुन्थ्यो

