अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता हुने भएको छ। बिहीबार नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेर कार्यगत एकता हुने भएको हो। अहिले दुई पार्टीबीच ‘एकता उन्मुख कार्यगत एकता’ हुने र भविष्यामा एकता हुने बताइएको छ। जनता समाजवादी पार्टी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन भएको हो भने राष्ट्रिय मुक्ति पार्टी राजेन्द्रले हालसालै गठन गरेका हुन्।
Posted inSamachar
नजिकिँदै अशोक राई र राजेन्द्र महतो, भोलि कार्यगत एकता

