नन्दन यादवको घातक बलिङमा नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टी–ट्वान्टी सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको सिरिजको आफ्नो चौथो खेलमा होवर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै नेपालले पहिलो जितको स्वाद लिन पाएको हो। नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको हुरिकेन्स १६.१ ओभरमा १ सय १४ रन बनाउँदा अलआउट भयो। हुरिकेन्सलाई रोक्न नेपालका नन्दन यादवले ५ विकेट आफ्नो नाममा गरे। नन्दनले १४ औँ ओभरमा लगातार दुई विकेट लिदै हुरिकेन्सलाई संकटमा ल्याएका थिए।१५ औँ ओभरमा पन
Posted inSamachar
नन्दन यादवको घातक बलिङमा नेपालको पहिलो जित दर्ता

