नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले नागरिकका समस्या तत्काल सम्बोधन हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।मंगलबार कोसी प्रदेश सरकारद्वारा विराटनगरमा आयोजित ‘संघ, प्रदेश र स्थानीय तहका शासकीय सवालमा अन्तरक्रिया कार्यक्रम’मा बोल्दै अर्यालले संघीयताले जनतालाई सहज सेवा दिनु पर्नेमा जोड दिँदै, ढिलासुस्ती र झन्झटपूर्ण अभ्यास तत्काल सुधार्नुपर्ने आवश्यकता औँल्याए। अर्यालले भने, ‘नागरिकलाई सेवा लिन अनावश्यक हैरानी हुन नदिई छिटो र स्पष्ट जवाफ दिने संस्कार बसाल्नुपर
Posted inSamachar
नागरिकका समस्या तत्काल सम्बोधन हुनेगरी काम गर्न मुख्य सचिव अर्यालको निर्देशन

