राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनदेखि सकिँदैछ। जसमा एमालेका आठ, माओवादी केन्द्रका सात, एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसद छन्। रिक्त हुन लागेकामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा माओवादी केन्द्रबाट गोपीबहादुर सार्की अछामी, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान रहेक
Posted inSamachar
नारायणकाजी र वामदेवसहित यी १९ सांसद राष्ट्रियसभाबाट बिदा हुँदै

