काठमाडौँ प्रहरीले निकोलस भुसाललाई फेरि नियन्त्रणमा लिएको छ। केही दिनअघि मात्रै ५० हजार धरौटीमा रिहा भएका भुसाललाई काठमाडौँ प्रहरीले बिहीबार साँझ पुन: नियन्त्रणमा लिएको हो। 'उहाँको मुद्दा टुंगो लागिसकेको छैन अनुसन्धानकै क्रममा हुनुहुन्छ। थप बुझ्नुपर्ने भएकाले बोलाएका हौँ,' काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले नेपालखबरसँग भने, 'आज त भ्याइँदैन। प्रक्रिया पूरा भएपछि उहाँ जानुहुन्छ।'यसअघि कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका भुसाल धरौटीमा रिहा भएका थिए।
Posted inSamachar
निकोलस भुसाल प्रहरी नियन्त्रणमा

