कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलस भुसाल भनिने कमल भुसाल धरौटीमा रिहा भएका छन्। उनलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। सोमबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले भुसाललाई धरौटी लिएर वा साधारण तारेखमा रिहा गर्न आवश्यक प्रक्रिया मिलाउनु भनि आदेश जारी गरेको थियो। भुसाललाई प्रहरीले गोर्खाको सरस्वती आश्रमबाट कात्तिक १८ गते पक्राउ गरेर काठमाडौँ ल्य
Posted inSamachar
निकोलस भुसाल ५० हजार धरौटी बुझाएर रिहा

