संघीय निजामती सेवासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतीले पारित भएको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती विधेयक मंगलबार राष्ट्रिय सभाबाट सर्वसम्मतीले पारित भएको हो। अब राष्ट्रिय सभाबाट पारित विधेक सन्देशसहित प्रतिनिधि सभामा पठाइने छ। प्रतिनिधि सभाले राष्ट्रिय सभबाट सन्देशसहित आएको विधेयकलाई पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्ने छन्। त्यसपछि यो ऐनका रुपमा लागू हुनेछ।
Posted inSamachar
निजामती विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतीले पारित

