वरिष्ठ चिकित्सक तथा शिक्षा-स्वास्थ्य क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजमा सिट बढाउने चिकित्सा शिक्षा आयोगको निर्णयको कडा विरोध गरेका छन्। आयोगले निजी मेडिकल तथा डेन्टल कलेजहरूमा उल्लेख्य संख्यामा सिट वृद्धि गर्ने निर्णय गरेकोप्रति शनिबार विज्ञप्ति जारी गरेर उनले असन्तोष जनाउँदै उनले सत्याग्रह (अनसन)सहितको आन्दोलन गर्ने चेतावनी दिएका छन्।ग्रामीण भेगमा स्वास्थ्य सेवा अभाव हुँदाहुँदै पनि सरकारले निजी मेडिकल कलेजहरूलाई मात्र प्रोत्साहन गर्ने प्रवृत्तिले आम नागरिकलाई सस्तो, गु
Posted inSamachar
निजी मेडिकल कलेजमा सिट बढाउने निर्णय फिर्ता नलिए अनसन बस्ने डा. केसीको चेतावनी

