आगामी प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन आयोगले आचारसंहिताको मस्यौदा तयार गरेको छ।आयोगले बिहीबार निर्वाचन आचारसंहिता, २०८२ को मस्यौदा सार्वजनिक गर्दै राय सुझाव दिन आग्रह गरेको छ। विभिन्न क्षेत्रबाट प्राप्त हुने राय सुझावका आधारमा आचारसंहिता परिमार्जन गरिने आयोगले जनाएको छ। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले आचारसंहिता तयार गरिएको मस्यौदामा उल्लेख छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ मा आचारसंहितबारे
Posted inSamachar
निर्वाचन आचारसंहिता तयार, राय सुझाव दिन आयोगको आह्वान

