अध्यागमन विभागले पदयात्रा अनुमति नलिई निषेधित क्षेत्रमा विदेशी नागरिकलाई पदयात्रा गराउने नेपाल ईन्भाइरोमेन्टल ट्रेक्स एन्ड एक्सपिडिसनलाई कारबाही गरेको छ। उक्त एजेन्सीलाई अध्यागमन ऐन, २०४९ बमोजिम पहिलोपटकका लागि ४५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।कम्पनीले दोलखा जिल्लाको गौरीशंकर क्षेत्रमा ईटालीका नागरिक अन्ना मार्कोन र मासिअम कार्लन लिएर गएको थियो। ती पदयात्रुहरूलाई आपतकालीन उद्धार गर्नुपर्ने अवस्था भएपछि मात्र एजेन्सीले विभागमा अनुमतिका लागि अनुरोध गरेको थियो। नेपाल
Posted inSamachar
निषेधित क्षेत्रमा विदेशी लैजाने एजेन्सीलाई ४५ हजार जरिवाना

