अस्ट्रेलियामा जारी टप इण्ड टि- २० सिरिजमा नेपालले मेलवर्न रेनेगड्सविरुद्व जितका लागि १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। डार्विनस्थित काजालिस एरिना पामस्र्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको हो। नेपालका लागि कुशल मल्लले २९ र दिपेन्द्र सिंह ऐरिले २७ रन बनाए। लोकेश बमले २४ रन थपे। रुपेश सिंह १६ रनमा नटआउट रहे। भिम सार्की १७ र आरिफ शेख १२ रन बनाउँदै पेभेलियन फर्के। गुल्सन झा २ र कुशल भुर्तेल १ रनमा आउट भए।
Posted inSamachar
नेपालले दियो मेलबर्न रेनेगड्सलाई १४० रनको लक्ष्य

