ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अघि सारिएको ‘सूचना महामार्ग’को दोस्रो प्याकेज (गण्डकी र लुम्बिनी प्रदेश) २३ जिल्ला अप्टिकल फाइबरमार्फत जोड्ने परियोजनाको ठेक्का नेपाल टेलिकमले पाएको छ।नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी र नेपाल टेलिकमकी निमित्त प्रबन्धनिर्देशक सविना मस्के प्रधानबीच आज (शुक्रबार) सम्झौतापत्र आदानप्रदान गरेका हुन्। यस परियोजना नेपाल टेलिकमले तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी मूल्यअभिवृद्धि कर (भ्याट) बाहेक एक अर्ब ७७ करोड रुपैयाँमा ठेक्का पाएको
Posted inSamachar
नेपाल टेलिकमले १ अर्ब ७७ करोडमा पायो ‘सूचना महामार्ग’को दोस्रो प्याकेजको ठेक्का

