नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक मिर्गौला सट्टापट्टा प्रत्यारोपण (पियर किड्नी एक्चेन्ज) सफलतापूर्वक गरेको छ। काठमाडौँ निवासी र सिराहा निवासी दुई परिवारबीच मिर्गौला साटासाट गरी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।एक परिवारका ४८ वर्षे महिलाले अर्का परिवारका ५८ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन् भने ५९ वर्षे महिलाले ४९ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन्। श्रीमतीले आफ्नो श्रीमानलाई मिर्गौला दान गर्न चाहे पनि रक्त समूह नमिल्दा पियर किड्नी एक्सचेन्ज विधि अपनाइएको हो।अस्पतालमा मल्टिडिस
Posted inSamachar
नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक साटासाटबाट मिर्गौला प्रत्यारोपण

