एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेल १–१ को बराबरीमा सकिएको हो। दुवै टोलीले पहिलो हाफमा १ गोल गरेपनि दोस्रो हाफमा कुनै टोलीले गोल थप्न सकेनन्। पहिलो हाफको दसौँ मिनेटमा सेनु परियारको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको १८ औँ मिनेटमा केल्डिन वाल्मोले नेपालको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै गोल गरेपछि घरेलु टोली खेलमा फर्किएको थियो। नेपालकी गोलरक्षक अघि
Posted inSamachar
नेपाल र भुटानबीचको खेल बराबरीमा टुंगियो

