प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुशासन र विकासको अभियानमा अघि बढेको बताएका छन्।सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले समृद्धि हाँसिल गर्न चाहेको र सोहीअनुसार काम अघि बढाइरहेको जिकिर गरे। नेपाललाई सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन आफूले चाहेको बताउँदै ओलीले नेपालीहरुको चाहना र गन्तव्य समृद्ध नेपाल र सुखी नेपाली रहेको भन्दै त्यसलाई साकार बनाउनेतर्फ आफूहरू अघि बढिरहेको बताए। ‘नेपाल अहिले सुशासन र विकासको अभियानमा
Posted inSamachar
नेपाल सुशासन र विकासको अभियानमा छ : प्रधानमन्त्री ओली

