भारतको दिल्लीस्थित लाल किल्ला मेट्रो स्टेसननजिकै सोमबार साँझ कार बम विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ व्यक्ति घाइते भएका छन्। घटनापछि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विस्फोट यति शक्तिशाली थियो कि नजिकैका नजिकैका अन्य छवटा कार, दुईवटा ई-रिक्सा र एउटा अटोसमेत जले। प्रहरीका अनुसार विस्फोट भएको कारमा तीन जना थिए। कार हरियाणाको गुरुग्राममा सलमान नामका व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ।प्रहरीले सलमानलाई हिरासतमा लिएको छ
ALSO READ दरबारमार्गमा खुल्यो स्टारबोस कफीको पहिलो आउटलेट, अभिनेत्री नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर

