नेपालको लोकतान्त्रिक संविधानले प्रत्येक नागरिकलाई समयमै, समान र निष्पक्ष न्याय प्राप्त गर्ने अधिकार प्रत्याभूत गरेको छ। तर व्यवहारमा जब हामी न्यायको यात्रा अन्वेषण गर्छौं, त्यो यात्राको पहिलो पाइला कसले चाल्छ भन्ने प्रश्न बारम्बार ओझेलमा पर्छ।हाम्रो न्याय प्रणालीको सतही स्वरूप हेर्दा देखिन्छ— सुसज्जित अदालत भवन, कालो कोटधारी वकिल, इजलासमा बसेका न्यायाधीश र कानुनी बहसका औपचारिक स्वर। तर यो भव्य संरचनाभित्र एक मौन, अदृश्य र श्रमशील तह पनि छ, जसले स्वरविहीन तरिकाले न्यायको यात्रा अघि बढाउँछ।
Posted inSamachar
न्यायको पहिलो पाइला: मौन तामेलदारहरूको विस्मृत संघर्ष

