अमेरिकी सहर न्युयोर्कको नगरप्रमुख (मेयर) पदमा विजयी भएको पहिलो दिन जोहरान मम्दानीले आफ्नो क्षेत्रकी सांसद अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी) सँग त्यहाँको ज्याक्सन हाइट्सस्थित नेपाली रेस्टुरेन्ट ‘लालीगुराँस बिस्ट्रो’मा ममसहितको भोजन गरेको तस्बिर सामाजिक सञ्जालमा राखेपछि चर्चा भइरहेको छ। बिहीबार मम्दानीले नेपाली रेस्टुरेन्टमा सांसद एओसीसँग मम, चिकेन तन्दुरी, चिया, आलुलगायत परिकार खाँदै गफ गरिरहेको तस्बिर एक्स (टि्वटर) मा पोस्ट गरेका हुन्। 
Posted inSamachar
न्युयोर्कको मेयर बनेको पहिलो दिन मम्दानीले सांसद एओसीसँग नेपाली रेस्टुरेन्टमा खाए मम

