गतिशील लोकतान्त्रिक पार्टीका नेता वीरेन्द्रबहादुर बस्नेतले सबै कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने बताएका छन्। पार्टीले बुधबार ललितपुरमा आयोजना गरेको राष्ट्रिय कृषि कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले देशका किसानलाई निर्वाहमुखी अवस्थाबाट निकाल्नका लागि न्यूनतम समर्थन मूल्य निर्धारण अपरिहार्य भएको बताए।न्यूनतम समर्थन मूल्य तोकेपछि मात्रै कृषिलाई व्यवसायीकरण वा औद्योगीकरणतर्फ रूपान्तरण गर्न सकिने उनको भनाई छ। अहिलेको अवस्थामा किसान केवल निर्वाहमुखी मात्रै हुने उनले बताए।कृषि
Posted inSamachar
न्यूनतम समर्थन मूल्य नतोकेसम्म कृषिलाई व्यवसायीकरण गर्न सकिँदैनः वीरेन्द्रबहादुर बस्नेत

