सप्तरीको राजविराजमा एक घरका सबै सदस्यलाई बेहोस बनाएर डाका समूहले लुटपाट गरेको छ। राजविराज नगरपालिका–५ लङ्काटोलस्थित भगवान सोनीको घरमा लुटपाट भएको हो। मंगलबार राति लुटेरा समूहले सोनीको घरबाट २३ तोला सुन, चाँदीका गहना, मोबाइल र ५० हजार रुपैयाँ नगद लुटेर लगेका प्रहरीले जनाएको छ। घरका सबै सदस्यलाई औषधि सुँघाएर बेहोस बनाएर लुटपाट गरेका जानकारी सोनीका ज्वाइँ अमित कुचेरियाले प्रहरीलाई दिएका छन्। केही दिनअघि विवाह भएकी छोरी माइत आएको मौका छोपेर डाका समूहले लुटपाट गरेका प्रहरील
Posted inSamachar
परिवारका सबैलाई बेहोस बनाएर लुटपाट

