पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ।नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा.उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको शनिबार मृत्यु भएको जानकारी दिएका हुन्। उनले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको बताए।यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको शुक्रबार मृत्यु भएको बताइएको छ । स्वास्थ्य कार्यालयले झाडापखालाका लक्षण देखिएका उनको मृत्यु हैजाकै कारण भएको थियो वा थिएन भन्नेबारे जाँच भइनसकेको जनाएको छ।&lsquo
Posted inSamachar
पर्सामा झाडापखालाको लक्षण देखिएका २ जनाको मृत्यु

