अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डमा पहिरो खसेको हो।बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए। पहिरोका कारण उक्त खण्डमा यातायात सेवा ठप्प भएको छ। कालाखोला छेत्रमा यसअघि पनि पहिरो खसेको थियो। कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा र
Posted inSamachar
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रुलाई सास्ती

