पाकिस्तानकी प्रसिद्ध गायिका कुर्रातुलाइन बलोच भालुको आक्रमणमा घाइते भएकी छन्।बिहीबार राति, उनी गिलगिट-बाल्टिस्तानको प्रसिद्ध देओसाई राष्ट्रिय निकुञ्जमा आफ्नो टोलीसँग क्याम्पिङ गरिरहेकी थिइन्।उनी आफ्नो पालमा थिइन्, अचानक एउटा ठूलो हिमालयन खैरो भालु उनको पालमा पस्यो।जब उनी ठूलो स्वरमा चिच्याइन्, उनका कर्मचारी, वन्यजन्तु अधिकारीहरू र केही होटल कर्मचारी तुरुन्तै त्यहाँ पुगे।त्यहाँ उपस्थित एक वन्यजन्तु अधिकारी र गिलगिट-बाल्टिस्तान सरकारले बीबीसी उर्दुलाई बताएअनुसार गायिकाको हातमा चोट लागेका छन्। 
Posted inSamachar
पाकिस्तानकी गायिका बलोचलाई बसेकै ठाउँमा भालुले आक्रमण गर्यो

