पाकिस्तानको पन्जाब प्रान्तमा रहेको एक रासायनिक कारखानामा शुक्रबार ठूलो विस्फोट भएको छ।बिहान सबेरै भएको विस्फोट यति भयानक थियो कि कारखानामा आगलागी मात्र भएन, नजिकैका भवनसमेत भत्किएका छन्।दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। पन्जाब प्रान्तको लाहोरबाट १३० किलोमिटर टाढा रहेको फैसलाबाद जिल्लाको मलिकपुर क्षेत्रमा रहेको रासायनिक कारखानामा बायलर विस्फोट भएको हो। विस्फोटमा धेरै जना घाइते पनि भएको बताइएको छ।
Posted inSamachar
पाकिस्तानको रासायनिक कारखानामा भयानक विस्फोट, कम्तीमा १५ जनाको मृत्यु

