पाकिस्तानका लागि नेपाली राजदूत रीता धितालले त्यहाँको सिनेटका अध्यक्ष युसुफ रजा गिलानीसँग भेटवार्ता गरेकी छन्। त्यसक्रममा अध्यक्ष गिलानीले पाकिस्तानले नेपालसँगको आफ्नो भ्रातृत्व सम्बन्धलाई ठूलो महत्व दिने उल्लेख गरेका छन्। हाल सिनेटको अध्यक्ष रहेका गिलानी पाकिस्तानका पूर्व प्रधानमन्त्रीसमेत हुन्। उनी सन् २००८ देखि २०१२ सम्म पाकिस्तानको प्रधानमन्त्रीसमेत थिए। सिनेट अध्यक्ष गिलानी र राजदूत धितालबीच आपसी सम्बन्ध, व्यापार, रक्षा सहकार्य, शैक्षिक सहकार्य, धार्मिक पर्यटन, जलवायु परिवर्तन, दक्
Posted inSamachar
पाकिस्तानी सिनेट अध्यक्षसँग राजदूत धितालको भेटवार्ता, दर्जन बढी विषयमा छलफल

