अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग युद्धविरामको विषय अब युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीको हातमा रहेको बताएका छन्।शुक्रबार अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्तापछि फक्स न्युजलाई अन्तर्वार्ता दिँदै उनले अब चाँडै जेलेन्स्की, आफू र पुटिनबीच त्रिपक्षीय वार्ता हुने बताएका हुन्।‘अब यो पूरा गर्ने जिम्मा राष्ट्रपति जेलिन्स्कीको हातमा छ’, ट्रम्पले भनेका छन्, ‘हामी जेलेन्स्की, पुटिन र मसहितको बैठकको तयारी गर्दै छौँ।
Posted inSamachar
पुटिनसँग भेटवार्तापछि ट्रम्पले भने: अब जेलेन्स्कीसहितको बैठक गर्ने तयारी गर्दै छौँ

