सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ कामद टोलमा घर भत्किँदा किचिएर एक बालकको मृत्यु भएको छ।बुधबार स्थानीइ नवीन सिंहको पुरानो दुई तले पक्की घर अचानक भत्किँदा आँगनमा खेलिरहेका स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।काठ, इँटा र माटोले बनेको उक्त घर पुरानो भएर लडेको हुनसक्ने प्रहरीको अनुमान छ। मृत बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा लगिएको छ
Posted inSamachar
पुरानो २ तले घर भत्किँदा ६ वर्षीय बालकको मृत्यु

