बुद्धिमान एकदिन स्कुल जाँदै थिए। बाटोमा उनले केही देखे। नजिकै गएर हेरे। पाँच सयको नोट रहेछ। टिपौँ कि नटिपौँ, उनले एकछिन् विचार गरे। यताउता हेरे। कसैलाई देखेनन्। अनि त्यो नोट टिपेर खल्तीमा हाले। उनले मनमनै यो पैसाले आफूलाई चाहिने सामान किन्छु भन्ने सोचे। र खुसी भए। फेरि उनको विचार बदलियो। यो पैसाले सामान किन्न हुन्न। कोही दुखीले खसालेको हुन सक्छ। अति आवश्यक भएको मान्छेको खसालेको हुन पनि सक्छ। फिर्ता दिऊँ त कसलाई दिऊँ? यस्तै सोच्दै उनी विद्यालय पुगे। शिक्षकले कक्षाकोठामा नाम बोलाउँदै हाज
Posted inSamachar
पुस्तक र परीक्षाबिनै बालबालिकालाई खुसी हुन सिकाइरहेको एउटा नगर

