पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानलाई राम्रो भन्न नसकिने बताएका छन्।नेपाल कानुन समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन्। संविधान राम्रो भएको भए जनतामा सन्तुष्टिको मात्रा बढ्ने उनको निष्कर्ष थियो। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानले राम्रो नतिजा नदिएकै कारण जेन–जी पुस्ताले आन्दोलन गर्नुपरेको जिकिर समेत गरे। आम जनताले संविधानको लाभ भोग्न नपाएको उल्लेख गर्दै उनले असन्तुष्टि समेत व्यक्त गरे।। पूर्वप्रधानन्यायाधीश
Posted inSamachar
पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणीः वर्तमान संविधानलाई राम्रो भन्न सकिँदैन

