पूर्वाञ्चल विश्वविद्यालयको लागि १ अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँ बजेट स्वीकृत भएको छ। आज सम्पन्न ४१ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट स्वीकृत गरेको हो। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो। यस्तै उपकुलपति प्राडा विजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ।
Posted inSamachar
पूर्वाञ्चल विश्वविद्यालयका लागि एक अर्ब ७० करोड बजेट स्वीकृत

