पार्टी नेतृत्वमा रहन उमेर र कार्यकाल सीमा राखिनुपर्ने अडान लिइरहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पोलिटब्युरो बैठकपछि भने नरम कुरा गरेका छन्। एमालेमा ७० वर्ष उमेर र दुई कार्यकालपछि नेतृत्वमा दोहोरिन नपाउने व्यवस्था हटाउने सचिवालयको निर्णयबमोजिम विधान संशोधन प्रस्ताव शनिबार पोलिटब्युरो बैठकले पनि अनुमोदन गरेको छ। बिहीबार सचिवालय बैठकमा यो प्रावधान राख्नैपर्ने जिद्दी गरिरहेका थापाले शुक्रबार पोलिटब्युरो बैठकमा पनि अध्यक्ष केपी शर्मा ओलीसँग चर्काचर्की गरेका थिए।&
Posted inSamachar
पोलिटब्युरो बैठकपछि अध्यक्ष ओलीप्रति ‘नरम’ भए कर्ण थापा

