कोसी प्रदेश सभाका सांसदहरूले जेन्जी आन्दोलनपछि प्रदेश सभाका सभामुखले कुनै पनि विषयमा छलफल नगराएको बताएका छन्।विराटनगरमा संसदीय पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा सांसद गयानन्द मण्डलले सभामुखले अहिलेसम्म बैठक नबोलाएको र सचिवालयको अवस्थाको बारेमा जानकारी समेत नगराएको बताए। ‘प्रदेश सभा सबै जलेको छ, सचिवालयमा बस्ने ठाउँ छैन कर्मचारीहरूले मिडिया सेन्टरलाई सचिवालय बनाउनुभएको छ’ उनले भने।सबै मिलेर सचिवालय बनाउन लाग्नुपर्नेमा उनले जोड दिए। भदौ २४ गतेको जेन्जी आन्दोलनबाट कोसी प्रदेश
Posted inSamachar
प्रदेशसभाको क्षतिबारे सभामुखले जानकारी नगराएको कोसीका सांसदको गुनासो

