कोसी प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिको जुम बैठकले प्रदेश सभा बैठक बोलाउन माग गरेको छ।मङ्गलवार बसेको बैठकले २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जि आन्दोलनका कारण कोसी प्रदेशमा भएको सार्वजनिक तथा निजी क्षतिको विस्तृत विवरण माग गर्ने निर्णय गरेको छ।समितिका सभापति कमला दर्नालले बैठकको निर्णय बारे जानकारी दिँदै आन्दोलनका कारण प्रदेशमा भएको सम्पूर्ण क्षतिको यथार्थ विवरण पत्ता लगाउन प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश सभा सचिवालयसँग माग गर्ने निर्णय गरेको बताइन्।य
Posted inSamachar
प्रदेश न्याय प्रशासन तथा विधायन समितिद्वारा प्रदेश सभा बैठक बोलाउन माग

