राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौँ आइपुगेका मिस्रीले राष्ट्रपति कार्यालय, शीतल निवास पुगेर पौडेलसँग भेट गरेका हुन्। भारतीय दूतावासले सचिव मिस्रीले पौडेललाई भेटेर भारतीय नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गरेको छ। त्यस्तै दुई पक्षीय सम्बन्धमा भएको सुधारको बारेमा राष्ट्रपतिलाई जानकारी गराएको दूतावासले बताएको छ।
Posted inSamachar
प्रधानमन्त्रीलगत्तै राष्ट्रपति भेट्न पुगे मिस्री

